नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

<p>काठमाडौं । बिहीबारको सेयर बजार पनि दोहोरो अंकले उकालो लागेको छ । साताको शुरुवाती चरणदेखि नै निरन्तर उकालो लागेको बजार आज अन्तिम दिन पनि १३ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो । बुधबारको तुलनामा [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार पनि दोहोरो अंकले उकालो लागेको छ । साताको शुरुवाती चरणदेखि नै निरन्तर उकालो लागेको बजार आज अन्तिम दिन पनि १३ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो ।

बुधबारको तुलनामा बिहीबारको बजारमा परिसूचकमा सुधार देखिए पनि कारोेबार रकम भने घटेको छ । बुधबार ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने जम्मा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार २२२ कम्पनीका कारोबारमा आएका थिए । जसको कूल ९२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नेशनल हाइड्रोपावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४३४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६.३७ प्रतिशत अर्थात २६ रुपैयाँले बढी हो ।

त्यस्तै, बुधबार उच्च कारोबारको अग्रस्थानमा रहेको नबिल बैंक आज दोश्रो स्थानमा झरेको छ । बैंकको कूल २२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता १५९८ रुपैयाँमा झरेको छ ।

बिहीबार रिडी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७९७.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.५० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.२४, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८.५७ र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२५ प्रतिशतले बढेको छ ।

बजारमा एनएमबी हाईब्रिड फण्ड एल वानको इकाई मूल्य सबैभन्दा बढी अर्थात ३.१८ प्रतिशतले घटेर प्रतिइकाई ११.५६ रुपैयाँ पुगेको छ । बजारमा केही समूह बढेका छन् भने केही घटेका छन् । बढ्नेमा माइक्रोफाइनान्स समूह सबैभन्दा बढी अर्थात १३० अंकले बढेको छ भने घट्नेमा जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ८७ अंकले घटेको छ ।

Share News