काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३ औं शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई
स्तरोन्नती गरी कम्पनीले शाखा संचालनमा ल्याएको हो ।
कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
कम्पनीको कूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब २७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ