
काठमाडौं । यूनिलिभर नेपालको प्रस्तावित लाभांश पारित भएको छ । कार्त्तिक ११ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीको सभा भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट भएको हो । संस्थाले सभामा जाने प्रयोजनको लागि असोज २५ गतदेखि कार्त्तिक ११ गतेसम्म बुक क्लोज गरेको थियो । यससँगै असोज २४ गतेसम्म कायम सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६५० रुपैयाँ बराबरको लाभांश पाएका छन् ।
त्यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने निदेशक नियुक्ति गर्ने लगायत कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु सभाले पारित गरेको छ ।