‘दोहोरी च्याम्पियन’ बन्नेलाई उपाधिसहित २० लाख रुपैयाँ र एक करोडको जीवन बीमा पनि

<p>काठमाडौं । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे । ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूहले प्रतिस्पर्धा [&hellip;]</p>

काठमाडौं । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे ।

‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूहले प्रतिस्पर्धा गरिरहेको छ। यी दुईमध्ये एउटा समूहले च्याम्पियनको उपाधि पाउने छ भने तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूहले प्रतिस्पर्धा गरिरहेको छ । बिजेता बनाउन दर्शकले साँझ ६ बजेसम्म भोट गरिसकेका छन् ।

‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ भने त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा र तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजक कि एड्भरटाइजिंग नेपालले बताएको छ ।

Share News