मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत कार्त्तिक १२ बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत कार्त्तिक १२ बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । १७.५७५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।

Share News