सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश

<p>काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा [&hellip;]</p>

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १२.७ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित लाभांश पछिल्लो ५ वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News