५५ अंकले बढ्यो नेप्से, डेढ महिना यताकै उच्च कारोबार, १० कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । आइतबारको सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । कारोबार खुलेदेखि निरन्तर रुपमा उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरको कारोबारमा ७ अर्ब ८२ करोड [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । कारोबार खुलेदेखि निरन्तर रुपमा उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरको कारोबारमा ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत डेढ महिना(करिब) यताकै उच्च हो । गत असोज ४ गते ८ अर्ब बढीको सेयर कारोबार भएदेखि यताको बजारमा सो मात्राको सेयर कारोबार भएको थिएन ।

सो दिन २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये आँखु खोला जलविद्युत कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको दोश्रो स्थानमा आज पनि नबिल बैंक रहेको छ । बैंकको एकैदिन २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशत सेयर मूल्य बढ्नेमा यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), लुम्बिनी विकास बैंक, सामूदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स रहेका छन् ।

त्यस्तै, साहस उर्जाको ९.९९ प्रतिशत, रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९८, कामना सेवा विकास बैंकको ९.९५ र सानिमा माई हाइड्रोपावरको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ ।

साहस उर्जाको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्यो ?

बजारमा बैंकिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । बैंकिङ्ग समूह भने सामान्य ०.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै, सबैभन्दा बढी मूल्य घट्नेको अग्रस्थानमा पनि बैंकिङ्ग समूहकै एभरेष्ट बैंक रहेको छ । बैंकको सेयर मूल्य ६.५० प्रतिशतले घटेर प्रतिकित्ता ६९१ रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ४८ रुपैयाँले घटी हो । त्यस्तै, जीवन विकास लघुवित्तको सेयर मूल्य १.३३ प्रतिशत र बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य २.२२ प्रतिशतले घटेको छ ।

Share News