काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा सो दिन बुटवलमा गर्ने निर्णय गरेको हो ।
सभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छ । यससँगै कार्त्तिक २९ गतेसम्म कायम सेयरधनी सभामा सहभागि हुन तथा सो मात्राको लाभांश पाउन योग्य हुनेछन् ।
सम्बन्धित समाचार