हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँमै आईपीओ जारी गर्ने

<p>काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नको लागि संस्थाले ग्लोबल [&hellip;]</p>

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नको लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरको छ ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा कम्पनी र क्यापिटलबीच कार्त्तिक १४ गते सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा हाथवे इन्भेन्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आईएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् ।

Share News