ज्योति लाइफ इन्स्योरेन्सले साढे १० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी [&hellip;]</p>

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लागू हुने छ ।

Share News