काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कूल ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैठकले चुक्ता पुँजीको १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद (करको लागि) गरी कूल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।