दोलखाका स्थानीयले आजदेखि अपर तामाकोशीको सेयर किनबेच गर्न पाउने

<p>काठमाडौं । दोलखाका स्थानीयबासीले आज कार्त्तिक १५ गतेदेखि अपर तामाकोशी हाइड्रोको सेयर किनबेच गर्न पाउने भएका छन् । स्थानीयलाई सेयर जारी गरी बाँडफाँड भएको तीन वर्ष पुरा भएसँगै उनीहरुले सेयर किनबेच गर्न पाउने भएका हुन् । कम्पनीले गत २०७५ साल कार्त्तिक १४ गते स्थानीयलाई सेयर बाँडफाँड गरेको थियो । कम्पनीले कूल १० करोड ५९ लाख [&hellip;]</p>

काठमाडौं । दोलखाका स्थानीयबासीले आज कार्त्तिक १५ गतेदेखि अपर तामाकोशी हाइड्रोको सेयर किनबेच गर्न पाउने भएका छन् । स्थानीयलाई सेयर जारी गरी बाँडफाँड भएको तीन वर्ष पुरा भएसँगै उनीहरुले सेयर किनबेच गर्न पाउने भएका हुन् ।

कम्पनीले गत २०७५ साल कार्त्तिक १४ गते स्थानीयलाई सेयर बाँडफाँड गरेको थियो । कम्पनीले कूल १० करोड ५९ लाख कित्ता सेयर मध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई निष्काशन गरी बाँडफाँड गरेको थियो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ९(६) अनुसार बाँडफाँड भएको मितिले तीन वर्ष पुरा नभएसम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाइने प्रावधान रहेको छ । सोही अनुसार स्थानीयलाई सेयर कारोबारमा रोक लगाइएको थियो ।

उक्त रोक्का हुने अवधि पुरा भएसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आज(२०७८ कार्त्तिक १५ गते)देखि सेयर कारोबार फुकुवा गरिदिएको हो ।

पछिल्लो समय दोश्रो बजारमा कम्पनीको सेयर मूल्य बढीरहेको छ । कार्त्तिक १४ गतेको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा किनबेच भएको छ । जुन अघिलो कारोबारको तुलनामा ३२ रुपैयाँले बढी हो ।

Share News