नेप्सेले ब्रोकर नम्बर ४० लाई सोध्यो तीन दिने स्पष्टिकरण

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ब्रोकर नम्बर ४० (क्रियटिभ सेक्युरिटिज) लाई तीन दिने स्पष्टिकरण सोधेको छ । नेप्सेले कार्त्तिक १४ गते उक्त ब्रोकरको नाममा सार्वजनिक सूचना जारी गर्दै आगामी कार्त्तिक १७ गतेसम्ममा स्पष्टिकरण पेश गर्न आग्रह गरेको हो । नेप्सेका अनुसार ब्रोकरले गत असोज १० गते स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ब्रोकर नम्बर ४० (क्रियटिभ सेक्युरिटिज) लाई तीन दिने स्पष्टिकरण सोधेको छ । नेप्सेले कार्त्तिक १४ गते उक्त ब्रोकरको नाममा सार्वजनिक सूचना जारी गर्दै आगामी कार्त्तिक १७ गतेसम्ममा स्पष्टिकरण पेश गर्न आग्रह गरेको हो ।

नेप्सेका अनुसार ब्रोकरले गत असोज १० गते स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा नेप्सेबाट स्वीकृति नलिई कारोबार गरेको थियो ।

सो सम्बन्धमा नेप्सेले गत असोज २५ गते नै एक पत्रमार्फत ७ कार्य दिनको समय दिई जवाफ पेश गर्न निर्देशन दिएको थियो । तर, कार्त्तिक १४ गतेसम्म पनि उक्त ब्रोकरबाट जवाफ नआएकाले नेप्सले त्यसको स्पष्टिकरण माग्दै तीन दिनभित्र पेश गर्न पुनः निर्देशन दिएको हो ।

Share News