काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कार्त्तिक १५ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
हाल संस्थाको चुक्ता पुँजी २८ करोड ५३ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।
साथै, साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई गत बैशाख २ गतेदेखि एकीकृत कारोबार भएकोले घोषित लाभांशमा कर नलाग्ने प्रबन्धक तथा कम्पनी सचिव विश्वराज श्रेष्ठले जानकारी गराएका छन् ।