काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले सेयरधनीलाई कूल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कार्त्तिक १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल सरकारले स्वीकृति दिई आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।