काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवालभवनमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी कार्त्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षको प्रस्तावित २७.३६८४२१ प्रतिशत लाभांशलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३८ करोड रुपैयाँ नाघ्ने छ ।