धितोपत्र बोडमा तयार भयो सेयर बजारका सुधार ८ बुँदे कार्ययोजना, नेप्से र सीडीएसको पनि सहमति

<p>काठमाडौं, ४ साउन । सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बीच तत्काल काम गर्ने गरी ८ बुँदे कार्ययोजना बनेको छ । बढदो बजारको आयतन सँगसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबार पश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउने साथै बजारमा देखिएका [&hellip;]</p>

rewat_bahadurकाठमाडौं, ४ साउन । सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बीच तत्काल काम गर्ने गरी ८ बुँदे कार्ययोजना बनेको छ । बढदो बजारको आयतन सँगसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबार पश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउने साथै बजारमा देखिएका समस्याहरु समाधान गर्न यि काम गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष्य डा रेवतबहादुर कार्कीको अध्यक्षता सोमबार बसेको बैंठकमा बोर्डका उच्च अधिकृतहरु, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लि.का उच्च अधिकृतहरुसँगको समेत सहभागितमा बनेको बनेको समयसिमा सहितको योजना र निर्णय निम्नअनुसार भएको बोर्डले जनाएको छ ।

१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा यही साउन मसान्तअर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई सम्पन्न गर्ने ।

२. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइ सकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने ।

३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टीप्लस टूमा नै पे–इनगर्न लगाउने, टीप्लसस थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्री कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने ।

४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधार सहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही साउन मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने ।

५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने ।

६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने ।

७. हालबजारमा दैनिक २ अर्बको कारोबार हुन लागि सकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्रबोर्डमा पेश गर्ने ।

८. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धीकार्य अविलम्ब अगाडि बढाउने ।

Share News