काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कार्त्तिक १६ गते मंगलबार नेको इन्स्योरेन्ससहित ३ लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेको इन्स्योरेन्स, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । यी चार कम्पनीको गरी कूल ३० लाख ७२ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
जसमध्ये नेको इन्स्योरेन्सको १५.५० प्रतिशत अर्थात २० लाख ४२ हजार १९ कित्ता बोनस सेयर रहेको छ ।
त्यस्तै, माहुली लघुवित्तको ३ लाख ७३ हजार २४० कित्ता (२० प्रतिशत), उन्नत्ति सहकार्यको २ लाख ६६ हजार ३३० कित्ता (१७.८१ प्रतिशत) र जनउत्थान सामुदायिक लघुवित्तको ३ लाख ९१ हजार २४८ कित्ता (४९.४० प्रतिशत) बोनस सेयर सूचीकृत भएको हो ।