नेप्से २३ अंकले बढ्दा कारोबार घट्यो, साहसको सेयर मूल्यमा निरन्तर सर्किट

<p>काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । शुरुवाती कारोबारमा घट्दो क्रममा रहेको बजार अन्त्यमा २३.७६ अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकमा सुधारदेखिए पनि कारोबार रकम भने घटेको छ । सो दिन २३० कम्पनीको ६ अर्ब ७ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । शुरुवाती कारोबारमा घट्दो क्रममा रहेको बजार अन्त्यमा २३.७६ अंकले उकालो लागेको छ ।

सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचकमा सुधारदेखिए पनि कारोबार रकम भने घटेको छ । सो दिन २३० कम्पनीको ६ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७० करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ७३० रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा कामना सेवा विकास बैंक रहेको छ । संस्थाको २२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  ।

बजारमा साहस उर्जाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि सर्किट लागेको कम्पनीको सेयर मूल्य आजपनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९.३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४९ रुपैयाँले बढी हो ।

त्यस्तै, गुणविल फाइनान्स कम्पनीको सेयर मूल्य ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता ८४४.९० रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा राम्रो प्रगति गरेसँगै कम्पनीको सेयर मूल्य बढेको बुझिन्छ ।

मंगलबार सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य २.९५ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ५९० रुपैयाँमा झरेको छ ।

मंगलबार बैंकिङ्ग, इन्भेष्टमेन्ट र ट्रेडिङ्ग समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

Share News