काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि संचालनमा ल्याएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
यस कम्पनीको कूल ४४ वटा शाखा र १०४ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष करिब २७ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ ।