भरतराज आचार्य प्लाष्टिक एसोसियसनका सदस्य

<p>काठमाडौं, ५ साउन । पीइटी प्रोडक्ट एण्ड क्लोजर उत्पादक संघ नेपालका अध्यक्ष भरत राज आचार्य काउन्सिल अफ इन्टनेशनल प्लाष्टिक इण्डष्ट्रिज एसोसियसन डाइरेक्टर्स(सिपाड)को कार्यकायरी सदस्यमा निर्वाचित भएका छन् । इटालीको राजधानी रोममा जुलाई १४ देखि १७ तारिखसम्म आयोजना सम्मेलनले आचार्यलाई कार्यकारी सदस्यमा निर्वाचित गरेको हो । सो सम्मेलनले केन्द्रिय सचिवालय समेत गठन गरेको छ । जसको [&hellip;]</p>

bharat_acharyaकाठमाडौं, ५ साउन । पीइटी प्रोडक्ट एण्ड क्लोजर उत्पादक संघ नेपालका अध्यक्ष भरत राज आचार्य काउन्सिल अफ इन्टनेशनल प्लाष्टिक इण्डष्ट्रिज एसोसियसन डाइरेक्टर्स(सिपाड)को कार्यकायरी सदस्यमा निर्वाचित भएका छन् । इटालीको राजधानी रोममा जुलाई १४ देखि १७ तारिखसम्म आयोजना सम्मेलनले आचार्यलाई कार्यकारी सदस्यमा निर्वाचित गरेको हो ।

सो सम्मेलनले केन्द्रिय सचिवालय समेत गठन गरेको छ । जसको महासचिवमा ब्रिटिस प्लाष्टिक फेडरेशनका फिलिप के लाव चुनिएका छन् । सोसाइटी अफ प्लाष्टिक इण्डिष्ट्रिज एसोसियसन अमेरिकाका माइकल डि टेलर, इटालिय प्लाष्टिक तथा रबर उत्पादक संघका मारियो म्याग्गियानी र नेपालका तर्फबाट भरतराज आचार्य छानिएका छन् ।

सिपाडमा विश्वका ५६ मुलुकमा रहेका प्लाष्टिक उद्योगका छाता संगठनहरुको सहभागीता रहेको थियो । नेपालले सन २०१२ मा सिपाडको सदस्यता लिएको थियो । सम्मेलनमा आचार्यले नेपालको प्लाष्टिक उद्योगका भ्याल्यु चेनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Share News