काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको अनुसार संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गतेदेखि मंसिर ०१ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।