एनआईसी एशिया लघुवित्तको नाफा ८ हजार १३६.९८ प्रतिशत बढ्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा खुद नाफा ८ हजार १३६.९८ प्रतिशत बढेर १० करोड ६९ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ लाख ९८ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । 

चालु आवको चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत बढेर ८५ करोड ४० लाख ७० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४९ करोड ५९ लाख ६१ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशत बढेर ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ, सञ्चालन नाफा ८ हजार ३५६.०३ प्रतिशत बढेर १५ करोड ९० लाख ५८ हजार रुपैयाँ पुगेको छ । तर, चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । चैत मसान्तसम्म लघुवित्तको निक्षेप तथा सापटी ७.८६ प्रतिशत बढेर २० अर्ब ७४ करोड ६७ लाख ८१ हजार रुपैयाँ र कर्जा लगानी १२.३१ प्रतिशत बढेर १९ अर्ब ७२ करोड ६७ लाख १२ हजार रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १६.५९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा १३.५५ प्रतिशत थियो । 

Share News