काठमाडौं, ५ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनीबीच रेमिट्यान्स अर्थात विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुरुप विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले बुम रेमिटेन्समार्फत पठाएको रकम बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसँग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि र आइपे रिलायबलबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको बैंकले जनाएको छ ।
यसको साथ साथै बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसँग सम्झौता गरि विप्रेषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।