रिलायन्स लाइफले बीमाशुल्कसँगै खुद नाफामा गर्यो प्रगति, बलियो बनाउँदै बीमाकोष

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८.१० प्रतिशतले बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ४६ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८.१० प्रतिशतले बढी हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ४६ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । गत वर्ष असोज मसान्तसम्म ३ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको इन्स्योरेन्सले चालु आवको सोही अवधिसम्म ४ करोड १५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब २ करोड रुपैयाँ सञ्चित छ । जुन गत वर्षको तुलनामा क्रमशः ५२ र ११६.५१ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ७.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६३.४८ गुणा बढी छ ।

कम्पनीले यस अवधिमा ९१ हजार ९८९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, कम्पनीले १९१ वटा दावीबाट १६ करोड ७३ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ भने ४८ वटा दावीको ४३ लाख ४९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ ।

Share News