काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आ.व. २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरणमा धेरै सूचकाङ्कको वृद्धि उच्च दरको रहेको छ ।
कम्पनीको जीवन बीमाकोष १११ प्रतिशतले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आ. व. को सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो ।
त्यस्तै, बीमा शुल्क पनि १०० प्रतिशत वृद्धि भएको छ । असोज मसान्तसम्ममा कम्पनीले रु. १ अर्व २४ करोड ३२ लाख कुल बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रु. ६२ करोड ८ लाख संकलन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाख रुपैयाँ बनाएको छ । कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्व ८९ करोड मध्ये करिब ७२ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।