शिखरले बीमाशुल्कसँगै नाफा पनि बढायो, बीमाकोषमा १ अर्ब ३६ करोड बढी

<p>काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ५० लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सो अवधिसम्म ४३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले बीमाशुल्कसँगै [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड ५० लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सो अवधिसम्म ४३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले बीमाशुल्कसँगै खुद नाफामा पनि सुधार गरेको छ । गत आवको असोजसम्म १२ करोड २३ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले चालु आवको सो अवधिसम्ममा १३ करोड ३६ लाख रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको छ ।

हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३०.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.९१ गुणा रहेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी पनि बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी बढाएको इन्स्योरेन्सले बीमा कोष पनि बलियो बनाउँदै गएको छ । यो अवधिमा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.८२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सको बीमा कोषको रकम १ अर्ब ११ करोड रुपैयाँ थियो । त्यस्तै, महाविपत्ति कोष पनि बढेर १३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले हालसम्म ३ हजार ६१४ वटा दाबीबाट ४७ करोड २७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ । त्यस्तै, १३ हजार ३८७ वटा दाबीको २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

Share News