काठमाडौं, ६ साउन । बुटवल पावर कम्पनी लिमिटेडको १ लाख ८८ हजार २३० कित्ता सेयर लिलाममा राखेको छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता करिब ९०० रुपैयाँमा बजारमा किनबेच भईरहेको छ । तर कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा लिलामी गर्न लागेको छ ।
सेयर आवेदकमध्ये बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न साउन २१ देखि २६ गतेभित्र एनएनबि क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र आवेदन गर्न कम्पनीले आह्वान गरेको छ ।