काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत बढी बीमाशुल्क (प्रिमियम) संकलन गरेको छ ।
गत आवको पहिलो तीन महिनामा ५२ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले चालु आवको सो अवधिमा ७९ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य बढेर ४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषमा ५१ करोड ७० लाख र जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ छ । जुन गत आवको असोज मसान्तको तुलनामा क्रमशः २९.५७ र ९४.९७ प्रतिशतले बढेको छ ।