काठमाडौं । आइएमई जनरल इन्स्योरन्सको खुद नाफा २२.७९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिना अर्थात असोज मसान्तसम्ममा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७७/७८ को सो अवधिमा ४ करोड ३५ लाख लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । जुन रकमको आधारमा ८० लाख ८५ हजार रुपैयाँले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७ लाख ५२ हजार रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवको असोज मसान्तसम्ममा १५ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी एक अर्ब १५ रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ बढी छ । अघिल्लो वर्ष उक्त कोषमा २२ करोड ७८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बीमा कोषको रकम २९.४४ प्रतिशतले बढेर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
हालसम्म कम्पनीले ३१ हजार ६२० वटा बीमालेख जारी गरी कूल ३७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, १ हजार २९९ वटा दाबीबाट कूल १९ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १५.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.१९ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४४ रुपैयाँ र पीई अनुपात ६८.४४ गुणा रहेको छ ।