बम्पर लाभांश घोषणा गरेको एशियन लाइफमा झुम्मिए लगानीकर्ता, बढ्यो सेयर मूल्य

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कार्त्तिक ३० गते बेलुका बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उच्च लाभांश घोषणा गरेसँगै कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बजारमा कम्पनीको उच्च कारोबार भएको छ । कारोबार खुलेको ३० मिनेटमै कम्पनीको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, इन्स्योरेन्सको सेयर मूल्य ५४ रुपैयाँले बढेर प्रतिकित्ता १३४८ रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा ४.२१ प्रतिशतले बढी हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित २७ प्रतिशत लाभांश आर्थिक वर्ष २०७०/७१ यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७०।७१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News