प्रभु लाइफले आर्जन गर्यो ११४ प्रतिशत बढी प्रिमियम, बीमाकोष बढेर २ अर्ब नाघ्यो

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क (प्रिमियम) ११४.१४ प्रतिशतले बढाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको तुलनामा सो मात्राले प्रिमियममा वृद्धि गरेको हो । कम्पनीले २०७८ असोज मसान्तमा ५५ करोड ६३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन २०७७ असोज मसान्तमा २५ [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क (प्रिमियम) ११४.१४ प्रतिशतले बढाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको तुलनामा सो मात्राले प्रिमियममा वृद्धि गरेको हो ।

कम्पनीले २०७८ असोज मसान्तमा ५५ करोड ६३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन २०७७ असोज मसान्तमा २५ करोड ९७ लाख रुपैयाँ थियो ।

इन्स्योरेन्सले बीमाशुल्कसँगै नाफा पनि बढाएको छ । गत वर्ष ३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२३.०८ रुपैयाँ र पीई अनुपात ९१.२३ गुणा छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । जगेडा कोषको रकम बढेर ४२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जीवन बीमा कोषको रकम ९२.७१ प्रतिशतले बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । र, महाविपत्ती जगेडाको रकम पनि बढेर ३ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले हालसम्म २ लाख ६९ हजार १८७ वटा बीमालेखबाट ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ५९८ वटा दावीबाट १५ करोड ८३ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ । र, १४ वटा दावीबाट ८१ लाख ८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जनाएको छ ।

Share News