पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका मा बि मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका थिए । आचार्यले जीवन बीमा अब मानव जीवनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनीय भएको बताए । उनले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुदा निश्चिन्त भएर बीमा कर्ममा लाग्न युवाहरुलाई आग्रह गरे।
सो अवसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए । १०० भन्दा बढी युवा विद्यार्थी सहभागी सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभावक संघ अध्यक्ष गणेशप्रसाद ढकाल, सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्रकुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बीमा र महत्वबारेमा प्रकाश पारेका थिए ।
युवासँग महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।