ए ! जिन्दगी यो हार कतिन्जेल चल्छ ? (गजल)

<p>ए ! जिन्दगी यो हार कतिन्जेल चल्छ ? खै घाटाको व्यापार कतिन्जेल चल्छ ?? दुःख छ, पीडा छ, अभावले बेचैन मन सोध्छौ आँखा असार कतिन्जेल चल्छ ?? सोच्नुस् त गाउँका सबै उतै फर्किए भने घरभेटी बा बजार कतिन्जेल चल्छ ?? जात, धर्म, क्षेत्र लिई मानवता बिर्सेर यी मान्छेमा काटमार कतिन्जेल चल्छ ?? यो सत्य हरेको, [&hellip;]</p>

ए ! जिन्दगी यो हार कतिन्जेल चल्छ ?
खै घाटाको व्यापार कतिन्जेल चल्छ ??

दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिन्जेल चल्छ ??

सोच्नुस् त गाउँका सबै उतै फर्किए भने
घरभेटी बा बजार कतिन्जेल चल्छ ??

जात, धर्म, क्षेत्र लिई मानवता बिर्सेर
यी मान्छेमा काटमार कतिन्जेल चल्छ ??

यो सत्य हरेको, न्याय डरेको याम भयो
नबिर्स झुठो प्रचार कतिन्जेल चल्छ ??

-नुवाकोट

Share News