काठमाडौं । सेल्सबेरीले दशैं तिहारको अवसरमा संचालन गरेको एक महिने अफरको विजेता घोषणा गरेको छ । प्रजेश लाल श्रेष्ठले सेल्सबेरीले संचालन गरेको एक महिने अफरमा यामाहा फसिनो १२५ जितेका छन् ।
यामाहासँगको सहकार्यमा संचालन गरिएको उक्त अफरमा टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा उपहारमा यामाहा फसिनो १२५ राखिएको थियो ।
सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो ।