प्रभु बैंकको नयाँ शाखा धापासीमा

<p>काठमाडौं, ७ साउन । प्रभु बैंकले शुक्रबारदेखि काठमाडौको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिव राज श्रेष्ठले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये गंगबु शाखा कार्यालयलाई धापासीमा [&hellip;]</p>

काठमाडौं, ७ साउन । प्रभु बैंकले शुक्रबारदेखि काठमाडौको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिव राज श्रेष्ठले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

prabhu_branch_thapasiगत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये गंगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News