काठमाडाैं । गुराँस लाइफ इन्स्याेरेन्सकाे ५.७८ प्रतिशत लाभांश पारित भएकाे छ । मंसिर १० गते बसेकाे कम्पनीकाे ११ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।
बैंककाे ११औंं वार्षिक साधारणसभाले बोनस शेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेकाे छ ।
साथसाथै सभाले संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।