काठमाडौं । सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्तर्गतको बम्पर उपहार काठमाडौ बानेश्वरका सुजन लामिछानेले जितेका छन् ।
बम्पर अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक बिजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले बाइकको साँचो हस्तान्तरण गरेका छन् ।
त्यस्तै बम्पर अन्तर्गत एल जी टिभी रिता थापा र सिजि रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए ।
लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहोलो ओटिटि प्लाटफर्म एक्सलट्रीप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न विजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।
मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो ।