जनशक्ति विकासका लागि एफएनसीसीआई र त्रिवि स्कूल अफ म्यानेजमेन्ट सहकार्य गर्दै

<p>काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्यका लागि सम्झाैता गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्था इण्डष्ट्रि अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् । महासंघको वस्तुगत परिषद् र सोमटुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त भएको हो । [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्यका लागि सम्झाैता गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्था इण्डष्ट्रि अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।

महासंघको वस्तुगत परिषद् र सोमटुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त भएको हो ।

महासंघले साना तथा मझौला उद्योग नेपाल जस्ता अभियानलाई विशेषजोड दिएकाे अवस्थामा जनशक्ति विकासमा त्रिविबाट ठूलो सहयोग हुन सक्ने अध्यक्ष गाेल्छाले बताए ।यसका लागि दुवै संस्थाबीच एउटा स्थायी खालको संरचना नै तयार गरेर जानुपर्नेमा उनले जाेड दिए ।

साे अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताएका थिए ।

कार्यक्रममा सोमटुबाट तयार पारिएको शैक्षिक कोर्श प्रस्तुत गरिएको थियो ।

 

Share News