रिलायन्स लाइफबाट हटे सिद्धार्थ बैंकका प्रतिनिधि खनाल

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट सिद्धार्थ बैंकको प्रतिनिधि हटेका छन् । इन्स्योरेन्सको संस्थापक सञ्चालकमा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अर्जुनभद्र खनाल उक्त पदबाट हटेका हुन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक खनालको मनोनय फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम इन्स्योरेन्सले मंसिर १४ गतेदेखि लागू हुने गरी खनाललाई कम्पनी [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट सिद्धार्थ बैंकको प्रतिनिधि हटेका छन् । इन्स्योरेन्सको संस्थापक सञ्चालकमा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अर्जुनभद्र खनाल उक्त पदबाट हटेका हुन् ।

मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक खनालको मनोनय फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम इन्स्योरेन्सले मंसिर १४ गतेदेखि लागू हुने गरी खनाललाई कम्पनी सञ्चालक पदबाट हटाएको हो ।

Share News