काठमाडाैं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धिताे कर्जा दिने भएकाे छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएकाे छ ।
बुधबार यसकाे लागि बैंक र संस्थानबीच सम्झाैता भएकाे छ । उक्त सम्झाैतामा बैंकका तर्फबाट काठमाडाैं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार बैंकले बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।
सम्झाैतापछि बाेल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने बताएका थिए ।