थप ४ ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा &#8216;युवासँग महालक्ष्मी लाईफ&#8217; कार्यक्रम सम्पन्न गरेको छ । उक्त अभियान अन्तर्गत मंसिर १३ गते बर्दिवासकाे नव छितिज कलेजमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अभियान अन्तर्गत मंसिर १३ गते बर्दिवासकाे नव छितिज कलेजमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।

त्यसैगरी मंसिर १४ गते जेएस मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियाे । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै मंसिर १५ गते त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा पनि सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता रहेको थियाे ।

Share News