सोमबारबाट नयाँ ब्रोकर कमिसन लागु हुने, आइतबार बजार बन्द

<p>काठमाडौं, ९ साउन । सोमबारदेखि नयाँ ब्रोकर कमिसन दर अनुसार सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले नयाँ ब्रोकर कमिसन दर अनुसार आफ्नो सिस्टम अपडेट गर्न भन्दै आइतबार कारोबार बन्द गरेर सोमबारदेखि नयाँ दर रेट कार्यान्वयन गर्न लागेको हो । ‘घटाइएको ब्रोकर कमिसन दर अनुसार सिस्टम अपडेट नभएकाले आइतबार कारोबार बन्द भयो, सोमबारबाट [&hellip;]</p>

Broker-Commissionकाठमाडौं, ९ साउन । सोमबारदेखि नयाँ ब्रोकर कमिसन दर अनुसार सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले नयाँ ब्रोकर कमिसन दर अनुसार आफ्नो सिस्टम अपडेट गर्न भन्दै आइतबार कारोबार बन्द गरेर सोमबारदेखि नयाँ दर रेट कार्यान्वयन गर्न लागेको हो ।

‘घटाइएको ब्रोकर कमिसन दर अनुसार सिस्टम अपडेट नभएकाले आइतबार कारोबार बन्द भयो, सोमबारबाट घटाइएको दर अनुसार सेयर कारोबार हुनेछ’, नेपाल स्टक एक्सचेञ्जका  सह प्रवक्ता मुराहरी पराजुलीले भने । नेपाल धितोपत्र बोर्डले साउन ५ गते    ब्रोकर कमिसन करिब ४० प्रतिशत घटाएको थियो ।

ब्रोकर कम्पनीहरुले घटाइएको ब्रोकर कमिसन दर र त्यसको कार्यान्वयनका बारेमा नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग छलफल गरेका थिए । उनीहरुले ब्रोकर कमिसन दर कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्दै तत्कालै सिस्टम अपडेट गर्न अनुरोध समेत गरेका थिए । ‘नयाँ ब्रोकर रेट कायम हुनेगरि सिस्टम अपडेट भएको छैन, त्यसैले बजार बन्द भयो , सिस्टम अपडेट हुने वित्तिकै नयाँ ब्रोकर कमिसन दर कायम हुन्छ’, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने । ब्रोकर एसोसियसनले नयाँ ब्रोकर कमिसन दरको स्वागत गर्ने पनि उनले बताए ।

सिँजापतिले भने,‘ हामीले पनि ब्रोकर कमिसन घटेको कुरालाई सकारात्मक ढंगले नै लिएका छौं, यसले लगानी कर्ताको हित गर्छ ।’ सिस्टम अपडेट नभएको बहानामा कारोबार बन्द गरिएकोमा लगानी कर्ताले भने असन्तुष्ठि जनाएका छन् ।

कति लाग्छ ब्रोकर कमिसन ?

अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो ।

त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ ।

Share News