आइतबार ६ कम्पनीको ४२ लाख ९४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, ९ साउन । आइतबार मात्र ६ वटा कम्पनीको ४२ लाख ९४ हजार ७९७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैबीच बिराट लक्ष्मी विकास बैंकको ८ लाख ५० हजार, सेती फाइनान्सको ७७ हजार ९२४ र लाइफ इन्स्योरेन्स करपोरेसन (नेपाल)को २१ लाख ३८ हजार ९०६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, पुर्णिमा [&hellip;]</p>

काठमाडौं, ९ साउन । आइतबार मात्र ६ वटा कम्पनीको ४२ लाख ९४ हजार ७९७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैबीच बिराट लक्ष्मी विकास बैंकको ८ लाख ५० हजार, सेती फाइनान्सको ७७ हजार ९२४ र लाइफ इन्स्योरेन्स करपोरेसन (नेपाल)को २१ लाख ३८ हजार ९०६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, पुर्णिमा विकास बैंकको ३ लाख ८० हजार कित्ता, साना किसान विकास बैंकको ५ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सोही दिन नेप्सेमा शुभेच्छा विकास बैंकको २ लाख ६९ हजार कित्ता बोनस सेयर र ५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

आइतबार मात्र करिब १३ लाख ८४ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ४२ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब नेरुडे लघुवित्तको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, देब विकास बैंकको १० लाख ४२ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस बैंकको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।

Share News