एभरेष्ट बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार मात्रै एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार मात्रै एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सबैको लघुवित्तको पनि ३१.०५ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १५०४.०१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अबको बजारमा यी तीन वटै कम्पनीको पहिला कारोबार समायोजन पश्चात कायम भएको मूल्यको आधारमा हुने छ ।

Share News