दुई अर्ब ८ करोडको हकप्रद सेयर आउँदै, सात करोडको आइपिओ पनि

<p>काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७३/७४ को सुरुमै २ अर्ब ८ करोड मुल्य बराबरको हकप्रद सेयर आउने भएको छ । नयाँ आर्थिक वर्ष लाग्ने वित्तिकै प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले दुई अर्ब ८ करोड मुल्य बराबराको दुई करोड ८ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । प्राइम कमिर्सयल बैंकले एक [&hellip;]</p>

right-issueकाठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७३/७४ को सुरुमै २ अर्ब ८ करोड मुल्य बराबरको हकप्रद सेयर आउने भएको छ । नयाँ आर्थिक वर्ष लाग्ने वित्तिकै प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले दुई अर्ब ८ करोड मुल्य बराबराको दुई करोड ८ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

प्राइम कमिर्सयल बैंकले एक अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय मुल्य बराबरको एक करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । तीन बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्कशान गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब ९४ करोड पुग्नेछ । प्राइम कमर्सियल बैंकले सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
त्यस्तै, सेञ्चुरी बैंकले ८५ करोड २२ लाख ४० हजार मुल्य बराबरको हकप्रद सेयर जारी गर्दैछ । बैंकले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा ८५ लाख २२ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेञ्चुरी बैंकले पनि सिभिल क्यापिटललाई नै बिक्रि प्रबन्धक नियुक्त गरेको छ । हकप्रद सेयर जारी गर्ने अनुमति प्राप्त गरेको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

यसैबिच, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि ७ लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर, खारे, लामाबगर, बराङ्ग, बुलुङ्ग र लादुकका स्थानियका लागि साधारण सेयर निष्कासन गरेको हो ।

न्युनतम ५० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । साउन १६ देखि असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

Share News