काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा ७ जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा ७ जनालाई निर्वाचित गरेको हो ।
जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक समितिको तर्फबाट एक जना रहेका छन् ।
संस्थापक सेयरधनीको तर्फबाट पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल र प्रमिला के.सि. थापा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजिव प्रसाद प्याकुरेल र सुरज श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् भने डा. रेशम थापाले स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
यससँगै यी नवनिर्वाचित सञ्चालकले आगामी ४ वर्षको कार्यकाल सम्हाल्ने छन् ।