काठमाडौं, ९ साउन । वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । सोही प्रयोजनको लागि साउन २१ गते संस्थाको सेयर कारोबार बन्द (बुक क्लोज) हुने नेप्सेले जनाएको छ ।
हाल संस्थाको चुक्ता पूँजी ३ करोड ६० लाख रुपैयाँ रहेको छ । आइतबारसम्म सोही संस्थाको सेयर मूल्य प्रतिकित्ता २ हजार ९५२ रुपैयाँ रहेको छ ।