प्राइम लाइफ इन्स्याेरेन्सकाे १५.८७ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश पारित गरेको हो । उल्लेखित बोनश शेयर वितरण प्रक्रिया [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश पारित गरेको हो ।

उल्लेखित बोनश शेयर वितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६  हुनेछ ।

साथै साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियुक्त भएका छन् ।

कम्पनीले देशभरमा १५० भन्दा ब९ी स्थानहरुबा६ जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।

Share News