गोर्खा इको प्यानल पाेखरामा विन्ध्यवासिनी ट्रेडर्सले विक्री गर्ने

<p>काठमाडौं । पोखरामा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरा विन्ध्यवासिनी ट्रेडर्सबाट हुने भएको छ । यसका लागि समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन् । यसअघि पनि पोखरामा गोर्खा इको प्यानल अर्के ट्रेडर्सबाट विक्रीवितरण हुने गर्दै आएको थियो । तर अहिले पोखराका [&hellip;]</p>

काठमाडौं । पोखरामा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरा विन्ध्यवासिनी ट्रेडर्सबाट हुने भएको छ ।

यसका लागि समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन् ।

यसअघि पनि पोखरामा गोर्खा इको प्यानल अर्के ट्रेडर्सबाट विक्रीवितरण हुने गर्दै आएको थियो । तर अहिले पोखराका लागि वितरक परिवर्तन गरी पोखरा विन्ध्यवासिनी ट्रेडर्सलाई विक्रीवितरणको जिम्मेवारी दिइएको कम्पनीले जनाएकाे छ ।

गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि छ ।

 

Share News